इलाम । प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसला स्वागत गरेका छन्।मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा भएको र जनताको जित भएको बताए। ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ।’ सवोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश समेत जारी गरेको छ।
फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ : कांग्रेस प्रवक्ता
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसला विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन। उक्त निर्णय उपर टिप्पणी गर्दै शर्माले ट्विटरमा लेखेका छन्, ुन्याय मुर्तिहरुलाई लाख लाख सलाम१ संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो िफैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ िसंविधान रक्षा गर्दै जनताको जीत भएको छुि