Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्वसभामुख नेम्बाङ र प्रतिमगनको विरोध गर्दै चुलाचुलीमा मसाल जुलुस

पुर्वसभामुख नेम्बाङ र प्रतिमगनको विरोध गर्दै चुलाचुलीमा मसाल जुलुस

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ६ २०७७


पुर्वसभामुख नेम्बाङ र प्रतिमगनको विरोध गर्दै चुलाचुलीमा मसाल जुलुस

चुलाचुली । संविधानसभा अध्यक्ष एवम इलाम क्षेत्र नं २ का सांसद सुवासचन्द्र नेम्बाङ चुलाचली गाउँपालिकाको प्रमुख प्रशासकिय भवन उद्धघाटन कार्यक्रम सहभागिताको पुर्वसन्ध्यामा विरोध स्वरुप प्रचण्ड–माधव समुहले मसाल जुलुस गरेको छ ।

प्रधानमन्त्रीको प्रतिगमनको विरोधका लागि गठन भएको चुलाचुली नेकपा संघर्ष समितिको आयोजनामा नेता, कार्यकर्ता एवम विद्यार्थीहरुको सहभागितामा आइतबारे चोक देखि गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनसम्म मसाल जुलुस गरेर कोणसभा गरिएको हो ।

कोणसभालाई नेकपा इलामका सचिवालय सदस्य न्युसन राई, अनेरास्ववियू जिल्ला इन्चार्ज विपिन पोखरेल सहसंयोजक नयन राई, अनेरास्ववियू झापा जिल्ला कमिटि सदस्य इक्सा लिम्बु लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम प्रधानमन्त्रीको प्रतिगमनको साथै पुर्व सभामुख नेम्बाङले प्रतिगमनकारीहरुलाई दिएको गैरसंवैधानिक साथ र समर्थनको बिरोधमा मसाल जुलुस गरिएकाे इन्चार्ज पोखरेलले जानकारी दिए ।

https://www.facebook.com/100010447303362/videos/pcb.1361281804230050/1361281340896763

प्रतिक्रिया
सम्बन्धित समाचार