इलाम । उच्च सरकारी वकिल कार्यालय इलामको नवनिर्मित भवनको आज उघाटन गरिएको छ । २ करोड ९६ लाख रुपैया भन्दा बढिको लागतमा निर्माण सम्पन्न भएको भवनको महान्यायधिवक्ता अग्नी खरेलले भर्चुअल माध्यमबाट उद्धघाटन गरे ।
२०७६ साल जेठ २४ गतेबाट जोशी नायग्रा शंकर त्रिशक्ति जेभी इलामले २ करोड ९६ लाख ४१ हजार २७२ रुपैया ८१ पैसामा ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको थियो । आगामी जेठ २३ गतेसम्म सम्पन्न गर्नुपर्ने भवन निर्माण कम्पनीले ४ महिना अघि नै सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।

इलाम नगरपालिका–७ मा निर्माण भएको कार्यालय शहरी विकास तथा भवन कार्यालय इलामको प्राविधिक सुपरिवेक्षणमा निर्माण गरिएको छ । यसअघि नेपाल टेलिकम नजिकै पुरानो भवनमा वकिल कार्यालय संचालन गरिएको थियो ।