Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अवैध मदिरा पशुपतिनगर प्रहरीद्धारा नष्ट

अवैध मदिरा पशुपतिनगर प्रहरीद्धारा नष्ट

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २७ २०७७


अवैध मदिरा पशुपतिनगर प्रहरीद्धारा नष्ट

फिक्कल । खुल्ला सिमानाका कारण अवैध रुपमा नेपाल भित्र्याइएको मदिरा इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामले नष्ट गरेको छ । विभिन्न समयमा लुकाई छिपाई ल्याइएको १५० वटा सिक्किमे रम इलाका प्रहरी कार्यालयले स्थानीयको रोहबरमा कार्यलय परिसरमा नष्ट गरेको हो ।

प्रहरी निरिक्षक देउप्रसाद नेतृत्वको टिमले सिमानाको विभिन्न क्षेत्रबाट अवैध मदिरा बरामद गरेको थियो । खुल्ला सिमानाका कारण पशुपतिनगरबाट बढ्दो मात्रामा मदिरा नेपाल प्रवेश गर्ने गरेको छ । लकडाउन खुले यता मात्र पशुपतिनगरको बाटो हुँदै आएका ८४८ बोतल सिक्किमे रम र २३८ बोतल हिट बियर बरामद गरेको इलाका प्रहरीको तथ्यांकमा देखिन्छ ।

कार्यालयले ४०७ बोतल रम र २३८ बोतल बियर नष्ट गरेको छ । २३७ बोतल आवश्यक कारवाहीको लागि करदाता कार्यालयमा पठाइएको छ । १२ काटुन रम सहित कार्यालयले पक्राउ गरेको स्कोर्पियोलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय झापा पठाइएको प्रहरी श्रोतले जानकारी दियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार