इलाम । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) को अध्यक्षमा भुप्रसाद लिम्बु निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६ औ कार्यकारिणी समितिको निर्वाचनबाट आगामी ३ बर्षको लागि लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मीना ओझा, सदस्य–सचिब कमल प्रसाद नेपाल, कोषाध्यक्ष कमला प्रधान, सह–सचिब इन्दिरा घिमिरे निर्वाचित भएका छन् ।
समितिको सदस्यहरूमा बसुधा मोक्तान, लक्ष्मण दर्जी, लक्ष्मण कुमार दुलाल, बेद कुमार ढकाल, रमेश सुवेदी र कुमार प्रधान रहेका छन्। कूल १३३ जना मतदाता सदस्यहरू मध्येमा ८३ मत जनताले मतदान गरेका थिए । जसमा ८२ मत सदर भएको थियो ।