Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्री शेरधन राई टोले गुन्डा शैलीमा उत्रिए : आङ्बो

मुख्यमन्त्री शेरधन राई टोले गुन्डा शैलीमा उत्रिए : आङ्बो

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २४ २०७७


मुख्यमन्त्री शेरधन राई टोले गुन्डा शैलीमा उत्रिए : आङ्बो

इलाम । नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश एकका पुर्व अर्थमन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले टोले गुन्डाको शैली अपनाएको आरोप लगाए । प्रशिक्षण कार्यक्रममा बोल्दै आङ्बोले कागजको टुक्रोमा लेखेको आधारमा पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा संसद बैठकमा टोले गुन्डाको शैलीमा थर्काउने धम्क्याउने जस्ता क्रियाकलापमा अघि बढेको बताए ।

उनले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च ¥याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाह गरे जस्तो ओलीले ¥याली गरिरहेको बताए । गृहमन्त्री रामबहादुर थापा बादललाई इङिगत गर्दै उनले भने ‘दिमागमा धेरै जोड दिएपछि मान्छेले आफुले बोलेको कुरा हेक्क रहदैन अहिले बादल कामरेडलाई पनि त्यस्तै भएको छ । स्टेजमा बोल्नुपर्ने कुरा उहाँ आमसभामा बोल्दै हिड्नुहुन्छ तेश्रो जनआन्दोलन सुरु भयो भनेर’

उनले बादललाई स्थापित गराएर आजको अवस्थामा ल्याउनेलाई जेल कोच्छु भन्दै हिड्नु र प्रतिगमनलाई साथ दिनु गलत भएको बताए । १८ बर्षको सहकार्यमा पार्टी विभाजन देखि एकतासम्म बादलको साथ रहँदा उनको हैसियतको बारेमा जानकारी भएको आङ्बोले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार