इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रशिक्षण इलाम बजारमा सुरु भएको छ । पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यता र स्थायी कमिटी सदस्य जनार्दन शर्माको विशेष आतिथ्यतामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गौतम बुद्ध सभागृहमा सुरु भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य इन्द्र आङ्बो, धिरेन्द्र शर्मा, प्रदेश कमिटी सदस्य खिनु लङ्वा लिम्बु, ध्रुब श्रेष्ठ लगायतको आतिथ्यता रहेको छ ।
कार्यक्रम भक्त केसीको अध्यक्षतमा सुरु भएको हो । नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले आइ लभ यु ओली बा भनेर कम्युनिष्ट टिक्न नसक्ने बताए । उनले आगामी २८ गते हुने आमसभामा सक्रिय रुपमा सहभागिता जनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै पुर्व सांसद समेत रहेका प्रदेश कमिटी सदस्य मणी सुब्बाले रत्नकुमार बान्तवाको शहिद भुमिमा प्रतिगमनकारी र कम्युनिष्ट विरोधीहरु बढारिने चेतावनी दिए । उनले संसद पुर्नस्थापना हुनका साथै सूर्य चिन्ह प्रचण्ड–माधव समुहमा नै रहने भएकाले ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।
पुर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई लक्षित गर्दै २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएपनि आफैले लेखेको संविधानको पालना नगर्ने नेम्बाङ कम्युनिष्टको खोल आडेर हिड्नुको अर्थ नहुने बताए ।
अहिले केन्द्रिय सदस्य इन्द्र आङ्बोले आफनो भनाई राखिरहेका छन् ।

https://www.facebook.com/pravash.sharma.940/videos/455334588832902

