Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

यस्तो देखियाे नयाँबजारको मसाल जुलुस (फोटो फिचर)

यस्तो देखियाे नयाँबजारको मसाल जुलुस (फोटो फिचर)

  • रोशन काफ्ले
  • बिहिबार, माघ २२ २०७७


यस्तो देखियाे नयाँबजारको मसाल जुलुस (फोटो फिचर)

नयाँबजार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध माईजोगमाईमा मसाल जुलुस गरिएको छ । राष्ट्रिय युवा संघ,नेपाल माईजोगमाई गाउँपालिका कमिटी र अनेरास्ववियूको संयुक्त आयोजनामा नयाँबजारमा मसाल जुलुस गरिएको हो । अमरकल्याण माविबाट सुरु भएको विभिन्न स्थान परिक्रमा गरी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रचण्ड–माधव समुहको जुलुसमा युवा संघका गाउँपालिका संयोजक महेश सापकोटा, सहसंयोजक समिर शिवाकोटी, इन्चार्ज भविन खत्री, सहइन्चार्ज सुनिल लिङ्दम, अनेरास्ववियूका डिबी सुवेदी, सञ्जिव थामी लगायतको सहभागिता रहेको थियो । कोणसभालाई युवा संघका जिल्ला संयोजक महेश तिवारी, सहसंयोजक विक्रम लिम्बु, प्रदेश कमिटी सदस्य हुकुम थामी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्रीले गरेको कु नेपाली जनतालाई अमान्य हुने बताए । उनीहरुले प्रधानमन्त्रीले जनताको जनादेशको नाममा देशलाई संकटमा पारेको कारण कडा रुपमा प्रतिवाद गर्नुपर्ने बताए । आमहडतालको क्रममा म्यादी सरकारले पक्राउ गरेका नेता, कायकर्ताहरुलाई बिना सर्त रिहाई गरिनुपर्ने बताए । कार्यक्रमको संचालक अनेरास्ववियूका जिल्ला सहसंयोजक विपिन पोखरेलले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार