मंगलबारे । राष्ट्रिय युवा संघ नेपाल देउमाई नगर कमिटीको प्रथम बिस्तारित भेला आज सम्पन्न भएको छ। प्रचण्ड–माधव समुह निकट युवा संघको भेलालाई नेकपा प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद मणि सुव्वा ,नेकपा प्रदेश कमिटी सदस्य उर्मिला तामाङ , जिल्ला अध्यक्ष भक्त केसी, नेकपा युवा नेताहरु शान्ता बस्नेत , हुकुम थामी, ताराबाबु सुवेदी, महेश तिवारी विक्रम फियाक लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मणी सुब्बाले केपी ओलीको प्रतिगामी कदमको विरुद्ध संघर्ष गर्दै देशवासीलाई असंवैधानिक कु बाट माथी उठाएर साच्चै नेपालीको मुहारमा मुस्कान ल्याउन एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रमका अन्य वक्ताहरुले केपी सरकारले भ्रष्टचारलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
उनीहरुले भ्रष्टचारको नाम सुन्न नचाहने भनिएको ओलीको आसेपासले अहिले मुलुकको विकासलाई पछाडी धकेलेको बताए । प्रधानमन्त्रीले जनताको अपेक्षा माथी प्रहार गरेको कारण प्रतिगमनको विरुद्ध एकजुट भएर लड्न आग्रह गरेका छन् ।
भेलाले कुमार तुम्रोकको संयोजकत्वमा ४९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी समेत गठन गरेको छ। युवा संघको इन्चार्जमा हेमराज लिम्बू, सह इन्चार्ज बिष्णु राई (सचिन) र सह–संयोजक राम चेम्जोङ चयन भएका छन् । नगर इन्चार्ज र संयोजकको नेतृत्वमा १५१ सदस्यीय संघर्ष समिति समेत घोषणा गरिएको छ ।