फिक्कल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) सूर्योदय नगरले प्रतिगमनको विरुद्धमा नगर प्रमुख मार्फत ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय कार्यक्रम अनुसार नगर प्रमुख रणबहादुर राई मार्फत संगठनले ज्ञापन पत्र बुझाएको हो ।
चेतन अधिकारी, शेखर तिम्सिना, सबिन अधिकारी , प्रिया राई सन्जोक घिमिरे लगायतका अनेरास्ववियूका विद्यार्थी नेताहरुले संगठनका सहसंयोजक रन्जित तामाङद्धारा हस्ताक्षरित विज्ञप्ती बुझाएका हुन् । प्रधानमन्त्रीको कदमको विरोध आन्दोलनमा रहेको अनेरास्ववियूको पहिलो र दोस्रो आन्दोलनको ऐतिहासिक सफलतासंगै तेस्रो चरणमा स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।