Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

विपीको शालिक अघि गुन्जियो केपी मुर्दावाद ! (भिडियाे / फाेटाे)

विपीको शालिक अघि गुन्जियो केपी मुर्दावाद ! (भिडियाे / फाेटाे)

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २० २०७७


विपीको शालिक अघि गुन्जियो केपी मुर्दावाद ! (भिडियाे / फाेटाे)

माई । प्रधानमन्त्रीको प्रतिगमनको विरुद्ध आन्दोलित माई नगरपालिकाका युवाहरुले विपी कोइरालाको शालिक अघि उभिएर केपी मुर्दावादको नारा लगाएका छन् । प्रचण्ड–माधव समुह निकटका युवा संघका कार्यकताहरुले माई नगरपालिका–२ सितलीमा रहेको कांग्रेस नेता एवम पुर्व प्रधानमन्त्री विपि कोइरालाको अर्धकदको शालिक अघि उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध नारा लगाएका हुन् ।

युवा संघको पुर्ण विस्तारित बैठकपछि नगरको शुक्रबारे बजारमा रहेको प्रथम शहिद लखना थापाको शालिकबाट मोटरसाइकल ¥याली गदैै पुगेका नेकपाका नेता एवम युवाहरुले एमसीसी लागु गर्न पाइदैन, संसद विघटन गर्न पाइदैन्, केपी ओली मुर्दावाद, भ्रष्टचारी होसियार, दलालहरु होसियार लगायतका नारा लगाएका थिए ।

¥यालीलाई सम्बोधन गर्दै नेकपा इलाम कार्यालय सदस्य बिजय खम्बुले ७० बर्ष लामो त्याग र बलिदानबाट बनेको संविधान केपी शर्मा ओलीको सनकको भरमा रद्दीको टोकरीमा हाल्ने काम भएको बताए । जनताहरुले पाएको अधिकार र स्वतन्त्रतालाई खोसिने काम भएको बताउँदै खम्बुले केपी ओलीको असंवैधानिक कदमको विरोध गर्न आग्रह गरे ।

‘अहिले जुन ढंगबाट राष्ट्र निर्माणको लागि देशलाई सुशासन समृद्धि बनाउनका लागि निर्माण गरिएको संविधानलाई रद्दीको टोकरीमा फालेर आज फेरी पनि नेपालमा सामन्ती र दलाली व्यवस्था संचालत गर्न कोसिस गरिएको छ ।’ खम्बुले भने ‘ यो कोसिसलाई हामी आम युवाहरुले सडकबाट त्यसको फैसला गर्नेछौ । केपी ओलीलाई चुनौती दिन चाहन्छौ की अहिले जुन संविधान र कानुनलाई मिचेर आफ्नो स्वार्थ पुरा गर्न लागि राज्यको व्यवस्था नै सखाप पार्ने कोसिस गरिएको छ यो हिम्मत नगरियोस आम युवाको माझबाट आहवान गर्न चाहन्छौ ।’

सुशासनको कुरा गर्ने केपी ओली सरकारले भ्रष्टचारलाई प्रश्रय दिइरहेको खम्बुले आरोप लगाए । ओली सरकारले भ्रष्टचार, खुसखोरी र तानाशाही प्रवृतिबाट आफ्नो कामकारवाही अघि बढाएको उनले बताए । युवा संघका केन्द्रिय सदस्य प्रत्युष आजाद रानाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई निमोठ्न गरेको हर्कत क्षम्य नहुने बताएका छन् ।

उनले इतिहासमा कालो प्रधानमन्त्रीको रुपमा केपी ओलीले नाम लेखाइसकेको बताउँदै रानाले खोक्रो राष्ट्रवादको पक्षमा नलाग्न युवाहरुलाई आग्रह गरे । उनले एमसीसी र केपी ओलीको कदमलाई खबरदारी नगरे विदेशीको परेड भुमीको रुपमा नेपाल विकास हुने खतरा रहेको बताए । प्रधानमन्त्री ओलीले मुलुकलाई सिक्किमीकरणमा लग्न खोजी रहेको रानाले आरोप लगाए । फिजि र अफगानिस्तान जस्ता मुलुक बनाउन खोजी रहेकाले सबै एकजुट भएर विरोध गर्नुपर्ने बताए ।

¥याली अघि शुक्रबारे बजारको नमुना सामुदायिक बनको सभाहलमा भएको कार्यक्रममा बोल्दै युवा संघ इलामका सहसंयोजक विक्रम फियाकले ७० बर्ष लामो त्याग र बलिदानबाट आएको संविधानमाथी प्रधानमन्त्री ओलीले गरेको कु को एक ढिक्का भएर विरोध गर्न आग्रह गरे । उनले संसद विघटन संविधानमाथीको हमला भएको बताउँदै एमसीसी पास गर्न नपाएको रन्कोमा प्रधानमन्त्रीले जनताको जनादेशलाई लत्याएर अघि बढेको बताए ।

उनले कुनै पनि हालतमा अमेरिकाको दासत्व बनाउने एमसीसी पास गर्नबाट रोक्न युवाहरु जुटनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटि सदस्य एवम माई नगरपालिका–९ का वडाध्यक्ष लिला बान्तवाले न्यायको पक्षमा लाग्न जरुरी रहेको बताए । उनले संविधानमाथी प्रधानमन्त्रीको प्रहार संघीयता र गणतन्त्रलाई असफल बनाउने प्रयास भएको बताए ।

उनले प्रधानमन्त्रीको गलत कदमको विरोधमा गोलबद्ध भएर अघि बढ्न आग्रह गरे । नेकपा नेता राम सञ्जेलले युवाहरुको योगदानका कारण प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले युवाको इतिहासलाई लात हानेको आरोप लगाए । उनले सेतो प्लेटको गाडीमा चढाउनका लागि योगदान पु¥याउने युवाहरुलाई उपेक्षा गरि अघि बढेका जनप्रतिनिधिहरुले जाग्न बाध्य बनाएको बताए ।

सञ्जेलले जनताको करमा मोजमस्ती गर्ने, सत्ताका आडमा जनताको सम्पती दोहन गर्नेहरु विरुद्ध लड्नका लागि तयार रहन आग्रह गरे । युवा संघका नेता एवम सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले संवैधानिक गणतन्त्र संस्थागत नभए संघीयता धरापमा पर्ने बताए ।

उनले संविधान दरो भएमात्र जनताको भाग्य र भविष्य दरो हुने बताउँदै प्रधानमन्त्रीको असंवैधानिक कु र जनताको जनादेशको अपमानले आम नेपालीहरुमाझ कम्युनिष्टहरु प्रतिको विश्वास हराएको बताए । अवुझ नेताहरुको कारण संविधान धरापमा परेको बताउँदै लामाले संविधानलाई संस्थागत गर्न एकजुट हुनुको विकल्प नरहेको बताए ।

युवा संघ नगर सहसंयोजक राजु लोक्तामको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका विभिन्न भातृ संगठनका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एलबी तामाङले स्वातग मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार