Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सहिद दिवशको अवसरमा इलाममा शसिकला स्मृति पत्रकारिता पुरस्कार स्थापना

सहिद दिवशको अवसरमा इलाममा शसिकला स्मृति पत्रकारिता पुरस्कार स्थापना

  • सन्देश सम्बादाता
  • बिहिबार, माघ १५ २०७७


सहिद दिवशको अवसरमा इलाममा शसिकला स्मृति पत्रकारिता पुरस्कार स्थापना

इलाम । शहिद दिवशको अवसरमा शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । सहिद दिवस को अबसरमा प्रतिष्ठानले पुरस्कारको स्थापना गरेकाे अध्यक्ष टिका घिमिरेले बताइन् । १ लाख १० हजार को कोष बाट आगामी २०७८ साल देखि इलाम जिल्लाको प्रगतिशिल पत्रकार, लेखकलाई छनौट गरि पुरस्कार वितरण गरिने प्रतिष्ठानका जिवन शर्मा ढुृङ्गानाले बताए ।

पुरस्कार सहिद दिवस को दिन वितरण गरिनेछ । पत्रकारीता पुरस्कार कोष स्थापना सहयोग गर्ने सम्पुर्णमा प्रतिष्ठानले आभार प्रकट गरेको छ । शशिकला आचार्य जनयुद्धको क्रममा इलामबाट प्रकाशित देउमाई गर्जनकी समाचार सम्पादक भएर काम गरेकी थिइन् ।

मोरङ जिल्ला स्थायी घर भएकी आचार्या पार्टीको कामको शिलसीलामा इलामको पुवामझुवा स्थित बिणापानीमा हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार