नयाँबजार । नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) माईजोगमाई–२ जोगमाईमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रचण्ड–माधव समुहले जोगमाईमा प्रतिगमनको विरुद्ध आन्दोलन गर्दै पार्टी सुदृढीकरण गर्नका लागि वडाध्यक्ष दुर्गा बहादुर महतको अध्यक्षता र पार्टीको जिल्ला कार्यालय सदस्य विजय राईको प्रमुख आतिथ्यता कार्यक्रम गरेको हो ।
कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष जितबहादुर राई, सदस्य एवं माईजोगमाई गाउँ कमिटी छिरिङ मोक्तान, जिल्ला कार्यालय सदस्य प्रकाश परियार, गाउँ कमिटी सचिव देविभक्त शिवाकोटी, अनेरास्ववियुको नेता डिवि सुबेदी, प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी सदस्य गणेश सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले प्रधानमन्त्रीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र तानाशाह कदमको ब्यापक भण्डाफोर गर्ने बताए । अहिले आन्दोलन संविधान र लोकतन्त्र पक्षमा भएकोले प्रतिगामी कदमको विरुद्ध ब्यापक रुपमा लाग्नु पर्नेमा जोड दिए। संविधानको कार्यान्वयन गर्दै समृद्धिको बाटोमा अधि बढ्दै समाजवादको बाटोमा लाग्नु अहिले कार्यभार रहेको उनले बताए ।
अहिले सम्पुर्ण शक्ति र ध्यान प्रतिगमनको विरुद्धमा र संविधानको एवं लोकतन्त्रको पक्षमा लाग्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै सम्पुर्ण नेता र कार्यकर्ता एकजुट हुन आग्रह गरे । विशेष अतिथि जितबहादुर राईले अहिलेको प्रमुख कार्यभार संविधान र लोकतन्त्रको पक्षमा दृणता पुर्वक उभिनु पर्ने रहेको बताए ।
फरक प्रसंगमा केपी ओलीले गुट गैरराजनीतिक कुरा गरेर कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने षडयन्त्रमा लागेका कारण सबै मिलेर कम्युनिष्ट आन्दोलनलाइ एकीकृत ढंगवाट अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागी अन्य वक्ताहरुले प्रतिगमनको विरुद्ध, लोकतन्त्र र संविधानको पक्षमा साथै असल कम्युनिस्ट पार्टी निर्माण दिन जोड दिए। कार्यक्रम अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।