Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय स्तरका अखबार र अनलाइनमा झन्डै ४ % भ्रामक समाचार : अध्ययन

राष्ट्रिय स्तरका अखबार र अनलाइनमा झन्डै ४ % भ्रामक समाचार : अध्ययन

  • लोकल सन्देश
  • मंगलबार, माघ १३ २०७७


राष्ट्रिय स्तरका अखबार र अनलाइनमा झन्डै ४ % भ्रामक समाचार : अध्ययन

इलाम। राष्ट्रिय स्तरका अखबार र अनलाइनमा झन्डै ४ % भ्रामक समाचार प्रकाशन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । मिडिया एक्सन नेपालले राष्ट्रिय स्तरका १० वटा पत्रिका तथा १० वटा अनलाइन पोर्टलका ५० हजार समाचारको अध्ययन गर्दा ४ ५ समाचार भ्रामक तथा मिथ्या पाइएको हो ।

मिडिया एक्सन नेपालले भ्रामक तथा गलत समाचारको विषयमा अध्ययन गरेर नेपालमै पहिला पटक पुस्तक सार्वजानिक गरेको छ । पछिल्लो समय सञ्चारमाध्य माथिको विश्वसनीयता घटिरहेका बेला सञ्चार माध्यम र पत्रकारलाई जिम्मवारका साथै जवाफदेही बनाउने उद्धेश्यले मिडिया एक्सनल नेपालले डेढ वर्षदेखि भ्रामक तथा मिथ्या समाचारको विषयमा अभियान सञ्चालन गर्दै आएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए।

मिडिया एक्सन नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तकको लोकापर्ण गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पुस्तक सार्वजानिक गर्दै सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार बनाउन पुस्तक उपयोगी हुने विश्वास ब्यक्त गरे । उनले नेपालको पत्रकारिताको विकासका लागि अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाए ।

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले भने ” संयुक्त राज्य अमेरिका स्वतन्त्र प्रेसको भूमिकालाई सम्मान गर्दछ, साथै अमेरिकी दूतावास र राष्ट्रपति बाइडेन प्रशासन पारदर्शितालाई समर्थन गर्दछ र प्रेसलाई शसक्त सरकारका लागि महत्वपूर्ण ठान्दछ, मिडिया एक्सन नेपालको यस महत्वपूर्ण अध्ययनको माध्यमबाट सिकेका पाठहरूले पत्रकार र पाठक दुबैलाई लाभान्वित गर्नेछ ।”

कार्यक्रममा बोल्दै सञ्चार क्षेत्रमा अगुवाहरुले समाचारको क्षेत्रमा भ्रामक र गलत समाचारका कारण पाठक तथा दर्शन स्रोतामा भ्रम सिर्जना भएको बताएका छन् । मिडिया एक्सन नेपालले राष्ट्रिय स्तरका २० वटा सञ्चारमाध्यमका ५० हजारबढी समाचारको अध्ययन गर्दा तीन दशमलव सातशून्य (३.७०%) प्रतिशत समाचार गतल तथा भ्रामक भएको निकर्ष निकालेको छ ।

सञ्चार क्षेत्रमा अगुवा ध्रुवहरि अधिकारीले समाचार प्रकाशन तथा प्रशारणको क्षेत्रमा जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले समाचार सन्तुलित र विश्वसनीय भए मात्र भ्रामक तथा गलत समाचार रोकन सकिने बताए। पत्रकारले अरुलाई निगरानी गरेपनि पत्रकारलाई मिडिया एक्सन जस्ता संस्थाले निगरानी गर्ने बताए ।

अग्रज पत्रकार नम्रता शर्माले गलत तथा भ्रामक समाचारले समाजमा ठूलो असर गर्ने भएकाले सबैले जिम्मेवारीता अँगाल्नुपर्ने बताइने । उनले लैंगिक समान्ताको विषयमा पनि सञ्चारमाध्यमले ध्यानदिनुपर्ने विचार ब्यक्त गरिन् । नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले मिडिया एक्सन नेपालले त्रुटि औल्याई दिएकाले आगामी दिनमा त्यसलाई सुधार गरेर लैजाने प्रतिबद्धता जनाए । उनले पत्रकारका साथै सञ्चार गृहका लागनी कर्तालाई समेत प्रशिक्षित गर्नुपर्ने विचार ब्यक्त गरे ।

द हिमालयन टाइम्सका सम्पादक राजन पोख्रेलले सञ्चार गृह र पत्रकारको क्षमता अभिवृद्धिमा लगानी बढाउनुपर्ने बताए । उनले विषयको अनविज्ञताका कारण भ्रामक तथा गलत समाचारहरु प्रकाशन भइरहेको बताए । अनलाइन खबरका कमलदेव भट्टराईले सञ्चारमाध्यममा गेटपिकको रुपमा जनशक्ति नहुनु तथा हतारो पत्रकारिताका कारण सञ्चारमाध्यमहरु चुक्ने गरेको बताए।

उनले पत्रकारितालाई विश्वसनीय बनाउन प्रशिक्षणको आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा अध्ययनकर्ता जेबी विश्कर्माले अध्ययनका क्रममा अपनाएका मापदण्डको विषयमा प्रकाश पारे । उनले ५० हजार समाचारको अध्ययन गर्दा भ्रामक तथा गलत समाचारले पारेको प्रभावका विषयमा प्रकाश पारे ।

कार्यक्रममा नेपाल स्थित अमेरिकीदुतावासकी प्रेरणा मरासिनीले मिडिया एक्सनले गहन अध्ययन गर्दै सञ्चारमाध्यम तथा पत्रकारले सुधार गर्नुपर्ने विषयमा सुझाव दिएकोमा खुशी ब्यक्त गरिन् । उनले यो अध्ययनले नेपाली पत्रकारितामा देखिएका कमजोरी सुधार गर्ने सुनौलो अवसर हुने बताइन् ।

पहिलो चरणमा राजधानी बाहिरका सञ्चार माध्यमको अध्ययन गरिएको थियो । भ्रामक तथा गलत समाचारले पार्ने प्रभावका विषयमा अध्ययन गरिएको थियो । इलाम र चितवनमा स्थानीय पत्रकारलाई भ्रामक तथा मिथ्या समाचारले पार्ने प्रभाव र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालिम समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन कृति भुजु र प्रियङ्का झाले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार