Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा एक दिवसीय सहकारी अभिमुखीकरण सम्पन्न

माईजोगमाईमा एक दिवसीय सहकारी अभिमुखीकरण सम्पन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १२ २०७७


माईजोगमाईमा एक दिवसीय सहकारी अभिमुखीकरण सम्पन्न

नयाँबजार । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत माईजोगमाई गाउँपालिकाको आयोजनामा आज सहकारी शिक्षा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका लागि सम्पर्क व्यक्ति मानबहादुर पौड्यालको अध्यक्षतमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा करुणा फाउन्डेसन नेपालका बिमल दहालले सहजीकरण गरेका छन् । आजै पालिका स्तरीय अपाङ्गता स्वालम्बन समुहको बैठक अध्यक्ष हेमराज अधिकारीको अध्यक्षतामा बसी आगामी फागुल्ण ११ गते सहकारी शिक्षा र समिति गठन पुर्नगठन गर्ने निर्णय गरेको वताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार