Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा बाल क्लवले गर्यो नृत्य प्रतियोगिता

माई नगरपालिकामा बाल क्लवले गर्यो नृत्य प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ ८ २०७७


माई नगरपालिकामा बाल क्लवले गर्यो नृत्य प्रतियोगिता

माई । समाबेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा बिहिबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ । माई नगरपालिका हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रमको सहयोगमा कन्काई माविमा भएको कार्यक्रममा १५ जना बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

समाबेशी बालबालिकाहरुको सहभागिता रहेको नृत्य प्रतियोगितामा मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्धितिय, निर्जला दर्जी तृतिय, सन्ध्या राई र रितु मगर सान्तवना भएका थिए ।  कन्काई माविका प्रधानाध्यापक हरीप्रसाद पौड्यालको प्रमुख आतिथ्यता तथा संरक्षक शिक्षक भरत भण्डारीको संयोजन रहेको नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवनालाई क्रमश नगद २ हजार, एक हजार ५ सय, एक हजार र पाँच–पाँच सय प्रदान गरिएको थियो ।

समाबेशी बाल क्लवका अध्यक्ष आसिका घिमिरेको अध्यक्षता तथा सचिव सुदिप राईको सञ्चालन रहेको कार्यक्रममा करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छबि श्रेष्ठ, समुदाय संयोजक विमल दहाल, शिक्षक मित्र प्रसाद गौतम, ख्याम लिम्बु, सिबिआरएफहरु चन्द्रकला खड्का, मीना कुमारी जबेगु, माया लिम्बु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा फरक क्षमता भएका २ जना बाल–बालिकाले उत्कृष्ट प्रस्तुती गरेको संरक्षक शिक्षक भरत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार