Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस तटस्थ बस्नु हुँदैन : प्रमुख सचेतक कार्की

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस तटस्थ बस्नु हुँदैन : प्रमुख सचेतक कार्की

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ ६ २०७७


मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस तटस्थ बस्नु हुँदैन : प्रमुख सचेतक कार्की

फिक्कल । नेपाली कांग्रेस प्रदेश-१ सभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश नं १ को सरकारमा अन्य राजनितिक सहमती नहुन्जेलसम्म कांग्रेस तटस्थ बस्न नहुने बताएका छन् । विभिन्न संचारमाध्यमहरुमा प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस तटस्थ बस्ने भन्ने समाचार प्रति आपत्ती जनाउँदै कार्कीले अरुलाई सघाउने भन्दा पनि आफै नेतृत्वको प्रयास गर्नुपर्ने बताए ।

उनले विज्ञप्ती जारी गर्दै कांग्रेसको नेतृत्व स्विकार गर्नेसंग सहकार्य गर्नुपर्ने धारणा राखे । विज्ञप्तमा भनिएको छ ‘ प्रदेश नं १ प्रदेशसभामा नेपाली कांग्रेस प्रतिपक्षी दल भएको र विपक्षी दल सरकारको विपक्षमा नै रहने सर्वमान्य सिद्धान्त हो । र मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रतिपक्षले नै राख्नुपर्नेमा स्वयम नेकपाका सांसदले राख्दा हामीलाई सकारात्मक प्रभाव परेको छ । ’

उनले अन्य राजनितिक घटना विकसित नभएसम्म मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रतिपक्षको अंग लोकतन्त्रको सर्वमान्य सिद्धान्त भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार