Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

यलम्बर टाइम्सको आफ्नै कार्यालय भवन बन्ने

यलम्बर टाइम्सको आफ्नै कार्यालय भवन बन्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस २३ २०७७


यलम्बर टाइम्सको आफ्नै कार्यालय भवन बन्ने

शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रबाट प्रकाशित हुँदै आएको यलम्बर टाइम्स साप्ताहिक समाचारपत्रको आफ्नै भवन बन्ने भएको छ । समावेशी सूचना केन्द्र मातहतबाट १३ बर्षअघिबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिक र यलम्बर टाइम्स डटकम अनलाइन पोर्टलले आफ्नै कार्यालय भवन बनाउने सम्पादक दिपिन राईले जानकारी दिए ।

भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । अर्जुनधारा ७ स्थित अर्जुनधारा रंगशाला नजिक कार्यालय भवनको शिलान्यास गरिएको हो । एक कार्यक्रमका बीच पूवमन्त्री केशवकुमार बुढाथोकी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले संयुक्तरुपमा भवन निर्माणका लागि शिलान्यास गरे ।

उनीहरुले अर्जुनधारा नगरमै पहिलो सञ्चार गृहको रुपमा स्थापित यलम्बर टाइम्सको भवन निर्माणका लागि सक्दो सहयोग गर्ने आश्वासन व्यक्त गरे । केन्द्रका सञ्चालक तथा पत्रिकाका सम्पादक दिपीन राईको सञ्चालनमा भएको कार्यक्रममा कार्यकारी सम्पादक राजन साम्पाङले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, मेयर राना, नेका सभापति थापा, पत्रकार मोहन काजीलगायतले पत्रिकाबारे आफ्ना धारणा राख्दै भवन निर्माण चाँडै सम्पन्न गर्न शुभकामना दिएका थिए ।सम्पादक राईका अनुसार कार्यालय भवनमा एउटा हलसहित ३ वटा कोठा निर्माण हुनेछ । कार्यक्रमको अध्यक्षता केन्द्रकी संरक्षक माइली राईनीले गरेकी थिइन् । हाल यलम्बर टाइम्सको कार्यालय अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा रहँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार