मंगलबारे । सामान्य घरायसी विवादलाई लिएर खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–८ आमबोटेका सुवास राई प्रक्राउ परेका छन् । विवादका विषयलाई लिएर श्रीमती नम्रता राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यलय इलामले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार अभियुक्त राईले श्रीमतीको आज विहान हत्या गरेको हुन्। घटनाबारे जानकारी पाउन साथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त ३३ वर्षका राईलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले अभियुक्तले लगाएको रगत लागेको कोट र ट्राउजर समेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । मृतकको शव परिक्षणको लागि इलाम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।