फिक्कल । इलामको सूर्योदय नगरपालिकामा १२ दिने नाटक प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । सूर्योदय नगर साहित्य कला तथा संगीत प्रतिष्ठानको आयोजना र गणेश रशिक फाण्डेशनको व्यवस्थापनमा मंसिर २९ गतेबाट सुरु भएको कार्यशालामा नगरको १४ वटै वडाका ३९ जनाको सहभागिता रहेको थियो ।
नाट्यकर्मी सोनु जयन्ती र राजाबाबु श्रेष्ठ ले १२ दिनसम्म तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै सूर्योदय नगर प्रमुख रणबहादुर राईले कलाकारहरूलाई नगरपालिकाको नगरवासीको शैक्षिक, शान्ति, विकासको चेतनालागि मात्रै नभई सम्पूर्ण बडाको टोलटोल र विद्यालयहरूमा नाटक प्रदर्शन गरी युवाहरूलाई दुव्यर्सनबाट बचाउन महत्वपुर्ण भुुमिका खेल्नेमा विश्वास रहेको बताए ।
बरिष्ठ गीतकार तथा सगीतकार गणेश रसिकले यस्ता सफल कलाकर जन्माउने र समाजलाई एक राम्रो सन्देश दिने कार्यमा नगरपालिकासंग गणेश रसिक फाउण्डेशन मार्फत सहकार्य गर्न पाएकोमा खुशि ब्यक्त गरे। कार्यशालाबाट उत्पादित जनशक्तिलाई आफनो कला देखाउने निर्खार्ने अवसर दिनको लागि नगरपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।