Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओली पक्षद्वारा देउमाईमा संसदीय दलको बैठक तथा भेटघाट

ओली पक्षद्वारा देउमाईमा संसदीय दलको बैठक तथा भेटघाट

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १३ २०७७


ओली पक्षद्वारा देउमाईमा संसदीय दलको बैठक तथा भेटघाट

फिक्कल । केपी शर्मा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को देउमाई नगरपालिकाको संसदीय दलको बैठक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  संसदीय दलका नेता नगर प्रमुख एवं पार्टी सचिवालय कमिटी सदस्य सुर्य पोख्रेलको अध्यक्षता र केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष साथै १ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं जिसस प्रमुख गणेशप्रसाद बराल, पार्टी जिल्ला कार्यालय सचिव नवराज शंकर, देनपा संसदीय दल उपनेता पविमाया राई, नगरका पार्टी जिल्ला सदस्यहरु, जननिर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरु, पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी ओलि निकट नेकपाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य लाई बधाई ज्ञापन, भेटघाट तथा चियापान कार्यक्रम गरेको छ ।  इलाम नगरपालिका क्षेत्रका पार्टीका नेता, कार्यकर्ता एवं जनप्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्यहरु राम राना, महेश बस्नेत, गणेश बराल र नरेन्द्रनाथ भट्टराईले सम्बोधन गरेका थिए ।

जिल्ला समन्वय समिति इलामको सभा हलमा सम्पन्न भएको कार्यक्रममा समग्र पार्टी जिल्लाको तर्फबाट जिल्ला सचिवालय सदस्य कृष्णप्रसाद श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  वक्ताहरुले सिङ्गो जिल्लाभर पार्टीलाई एकताबद्ध एवं सुदृढ बनाएर अघि बढाउन आ आफ्नो कार्यक्षेत्रमा लाग्न जिल्लाका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार