माई । इलामको माई नगरपालिकामा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस एक कार्यक्रमका बिच शुक्रबार मनाईएको छ । माई नगरपालिका, युवा शसक्तिकरण सञ्जाल माई र मानब अधिकार मञ्च इलामको संयुक्त आयोजनामा सामाजिक रुपान्तरणका लागि युवा भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार थेबेले युवाहरुलाई राष्ट्रमै रोजगारी प्राप्त गर्ने तथा आधुनिक कृर्षि प्रणलीमा समाहित गर्ने बताबरण बनाउन पहल गरिने बताए । बिदेश जानुपर्ने भएमा आधारभुत रोजगार मापदण्डको जाकारी लिई जान सबै कामदारलाई उनले सुझाव दिए ।
बैदेशिक रोजगारीबाट राष्ट्रलाई ठुलो रेमिट्यान्स पठाउने आप्रवासी कामदारको सुरक्षाका लागि रोजगारीमा जानु पुर्ब आधारभुत जानकारी लिन आग्रह गरे । त्यस्तै उपप्रमुख बिष्णुमाया आचार्यले युवा सशक्तिकरणको संयोजनमा सञ्चालित कार्यक्रमले युवा लक्षित कार्यहरुलाई प्रभावकारी बनाउन सफल भएको बताइन् । उनले बैदेशिक रोजगारीमा जाँदा काम गर्ने मुलुकको आधारभुत चाल–चलन, भाषा, काम तथा भुगोलका बारेमा थाहा पाउनुपर्ने बताइन् ।
सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगार हाम्रो सरोकार भन्ने उद्देश्यका साथ आप्रवासी कामदार दिबश मनाईएको हो । कार्यक्रममा आप्रवासी कामदारहरुको जिबिकोपार्जनको लागि सुरक्षित आप्रवासन तथा स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समुहको क्षमता विकास तथा परिचालन कार्यक्रम सञ्चालन रहेको छ ।
मानब बेचबिखन बिरुद्ध अभियान कार्यक्रम मार्फत दिवस मनाईएको मानब अधिकार मञ्च नेपाल सुरक्षित आप्रवास कार्यक्रम माईका संयोजक निरुता थापाले जानकारी दिइन् । कार्यक्रममा साउदीमा रोजगारीका शिलशिलामा आजीवन कारावास सुनाएर प्रेम राई बचाउ अभियान मार्फत ९५ लाख नेपाली रुपैया जरिवाना बुझाएर नेपाल आएका माई–४ का प्रेम राईको अनुभति समेत कार्यक्रममा प्रस्तुत गरेका थिए ।
युवा सशक्तिकरण सञ्जाल माईका अध्यक्ष दिपेन्द्र सुव्वा संगमको अध्यक्षता, नगर प्रमुख थेबेको प्रमुख अतिथ्यता, उपप्रमुख बिष्णुमाया आचार्यको बिशेष आतिथ्यता सम्पन्न कार्यक्रममा वडाध्यक्ष मुखराज आङ्गदम्बे, नेकपा माईका अध्यक्ष धन बहादुर लिम्बु, नगर खेलकुद समितिका अध्यक्ष अनिल तामाङ्ग लगायतले आ–आफ्ना बिचार राखेका थिए ।
यसै बिच शुक्रबार नै युबा सशक्तिकरण सन्जाल माईले सशस्त्र प्रहरी बेस क्याम्प दानावारीका प्रमुख प्रहरी निरिक्षक दिलिप बस्नेतलाई एक कार्यक्रमका विच बिदाई गरिएको छ ।