Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत

ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत

  • सन्देश सम्बाददाता
  • शुक्रबार, मंसिर २६ २०७७


ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत

इलाम ।  सातौं ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो ।

७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार