Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १८ २०७७


इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम । नेपाल विद्यार्थी संघले इलाममा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको पुत्ला दहन गरेको छ । उनीहरुले हालको सरकार निरंकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । बुधबार मात्र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा उनीहरु आन्दोलित भएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिरुद्ध चर्का नारा समेत लगाएका थिए । कार्यक्रममा संवोधन गर्दै नेवि संघ इलामका अध्यक्ष प्रकाश भट्टराईले हालका सरकारले भ्रष्टाचारीलाई आश्रय दिएको, बलत्कारी र सोझ जनतामाथी आक्रमण हुँदा पनि कारबाही नगरेको बताए ।

उनीहरुले प्रहरी जनताको भन्दा वढि नेकपा नेता र कार्यकर्ताको चाकरी गर्न थालेको भन्दै ‘नेकपा प्रहरी मुर्दाबाद’ समेत भन्दै नारा लगाएका थिए । इलाम चोक बजार जिल्लाकै बढि मान्छेको भिडभाड हुने क्षेत्र हो ।  प्रहरी बिट यहिँ छ । तर नेवि संघका कार्यकर्ताहरुले पुत्ला दहन गर्दै गर्दा प्रहरी पुगे पनि उनीहरुले मौन रहेर जुलुस नियाली मात्र रहे ।

केही प्रहरीले जल्दै गरेको पुत्ला निभाउन खोजेपनि नेबिसंघ कार्यकर्ताहरुले बल प्रयोग गरेर प्रहरीलाई पन्छाए । करिव १० मिनेटसम्म नारा लगाएपछि मात्र थप प्रहरी सो स्थानमा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार