Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा १५ शैय्याको अस्पताल शिलान्यास

माईजोगमाईमा १५ शैय्याको अस्पताल शिलान्यास

  • राेशन काफ्ले
  • सोमबार, मंसिर १५ २०७७


माईजोगमाईमा १५ शैय्याको अस्पताल शिलान्यास

नयाँबजार । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमका बिच १५ सैय्याको अस्पतालको शिलान्यास भएको छ । सरकारले एकै पटक ३९६ स्थानीय तह र ७ वटै प्रदेशमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल बनाउन निर्णय गरे अनुसार माईजोगमाईमा समेत शिलान्यास गरिएको हो । स्थानिय समाजसेवी ध्रुव प्रधानले अस्पताल निर्माणका लागि दिएको ९ रोपनी जग्गामा प्रदेश सांसद खिनु लङ्वा लिम्बुले अस्पतालको शिलान्यास गरेकी हुन् ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिज्ञ सल्लाहकार डा खेम कार्की ६ वटै वडाका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधि, गाउपालिकाका कर्मचारीहरु स्थानिय समाजसेवि जग्गा दाता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले गरेका थिए ।

१५ शैय्याको अस्पताल निर्माणका लागि आर्थिक बर्ष २०७७/७८ मा एक करोड रकम केन्द्र सरकारबाट बिनियोजित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । सरुवा रोगका बिरामीलाई प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार