Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा स्वास्थ्य केन्द्रको भवन उद्धघाटन

इलाम नगरपालिकामा स्वास्थ्य केन्द्रको भवन उद्धघाटन

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १५ २०७७


इलाम नगरपालिकामा स्वास्थ्य केन्द्रको भवन उद्धघाटन

इलाम । इलामको इलाम नगरपालिका वडानम्बर ४ मा स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको छ । करिब ९८ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न सो केन्द्रको आइतबार उद्धघाटन गरिएको हो । स्वास्थ्य केन्द्र निर्माणको लागि करुणा फाउन्डेसनले २० लाख रुपैया सहयोग गरेको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालको अध्यक्षतामा भएको एक कार्यक्रममा पालिका प्रमुख महेश बस्नेतले केन्द्रको उद्धघाटन गरे ।  समाजसेवी पारसमणी र तीलरुपा दुलाल दम्पतीले निःशुल्क दिएको ४ रोपनी जग्गामा केन्द्रको स्थापना भएको हो । जग्गादाता दुलाल दम्पत्तीलाई सोही कार्यक्रममा सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

वडा सदस्य विष्णु सुब्बाले स्वागत मन्तब्य राखेको कार्यक्रममा करूणा फाउण्डेशनका प्रमुख अजित योञ्जन तथा कार्यपालिका सदस्य सीता रिजालले शुभकामना मन्तब्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार