Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कोरोना संक्रमणबाट सूर्योदयका एक ब्यक्तिको मृत्यु

कोरोना संक्रमणबाट सूर्योदयका एक ब्यक्तिको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ९ २०७७


कोरोना संक्रमणबाट सूर्योदयका एक ब्यक्तिको मृत्यु

फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सूर्योदय-९ मा बसोबास गर्दै आएका टाँसी वामु यल्मुको उपचारको क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या भए पछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो ।  बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आए पछि उक्त अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको सूर्योदय नगरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ जनाको स्वाब स।कलन गरी परीक्षण गरिएको छ । उनमा पहिला देखि नै स्वास्थ्य समस्या रहेको बुझिएको छ । जनस्वास्थ्य निरीक्षक अधिकारीले अवस्था हेरी परिवारका सदस्यलाई आईसोलोसनमा राखिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार