Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फुटबलर दिपक राईलाई पितृशोक

फुटबलर दिपक राईलाई पितृशोक

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ९ २०७७


फुटबलर दिपक राईलाई पितृशोक

पथरी । फुटबलर दिपक राईलाई पितृशोक परेको छ । लिग बिजेता मछिन्द्र क्लबका फरवार्डका राईका बुबा तत्कालिन पथरी गाविसका पुर्वअध्यक्ष तिलक बान्तवाको कोरोना भाइरसको कारण मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईलाई कात्तिक २१ कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा स्वास्थ्यमा सुधार भएपछि घर फिर्ता गरियो ।  घरमै आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटमा ५ दिन अगाडि भर्ना गरिएको अस्पतालले जनाएको छ ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रिय थिए। राईका एक श्रीमती, चार छोरी र दुई छोरा छन् ।मृतक राईका छोरा दिपकले मछिन्द्र, मनाङ मस्र्याङदी, हिमालय शेर्पा लगायतका क्लबबाट फुटबल खेलिसकेका छन् । उनी गत बर्षको शहिद स्मारक लिग बिजेता मछिन्द्र क्लबका मुख्य सदस्य समेत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार