Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रजातान्त्रिक महासंघ प्रदेश एकको प्रचार बिभाग संयोजकमा सुसेली

प्रजातान्त्रिक महासंघ प्रदेश एकको प्रचार बिभाग संयोजकमा सुसेली

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक २७ २०७७


प्रजातान्त्रिक महासंघ प्रदेश एकको प्रचार बिभाग संयोजकमा सुसेली

इलाम : नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत प्रदेश एकको संयोजकमा सोमनाथ अधिकारी (सुसेली) नियुक्त भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट सुसेलीलाई बहुमतले प्रदेश १ को संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् ।
प्रजातान्त्रिक महासंघको केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत नेपालको ७ ओटै प्रदेशमा प्रचार प्रसार समिती बिस्तार गर्ने उदेश्य अनुरुप विभिन्न प्रदेश समिति गठन भइरहेको छ ।

प्रदेश नम्बर १ को प्रचार बिभागको संयोजकमा चयन भएका सुसेली इलाम बाट प्रकासन हुने इलाम एक्सप्रेस राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादक ,रेडियो नेपालबाणी एफ,एमका स्टेशन मेनेजर ,प्रजातान्त्रिक बिचार समाज इलाम जिल्ला सचिव, नेपाल ट्रेड युनियन इलामको संस्थापक सदस्य हाल केन्द्रीय महाधिवेशन प्रतिनिध समेत हुन ।

ट्रेड युनियनमा रहेर छापा सञ्चार माध्यम र रेडियोमा लामो समय देखि आवद्ध उनी निरन्तर पत्रकारीता पेशामा सक्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार