Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा रक्तदान कार्यक्रम

माईजोगमाईमा रक्तदान कार्यक्रम

  • रोशन काफ्ले
  • मंगलबार, कार्तिक २५ २०७७


माईजोगमाईमा रक्तदान कार्यक्रम

नयाँबजार । इलामको माईजोगमाई गाउपालिकाको केन्द्र नयाबजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोनाका कारण उत्पन्न भएको रगतको चरम अभावलाई थोरै मात्र परिपुर्ती गर्न भए पनि रक्तदान गरौ स्वास्थ जीवन जिऔ भन्ने मुल नाराका साथ माईजोगमाई गाउपलिका वडा न २ खोल्मेमा रहेको लभ्ली युवा क्लबको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा फिक्कल इलामको सह आयोजना रहेको थियो ।

बिर्तामोड् ब्लड बैङ्क (नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड) को प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जम्मा ६८ पिन्ट रगत जम्मा भएको थियो । क्लवका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा फिक्कलका सभापती सुजन नेपालको प्रमुख आातिथ्यता र गाउपालिका उपाध्यक्ष साबित्रादेबी भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माईजोगमाई गाउँ कमिटी अध्यक्ष छिरिङ्ग मोक्तान, नेपाली कांग्रेस माईजोगमाइ प्रतिनिधि प्रहरी प्रसासन पत्रकार अन्य राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा क्लवका सचीव सन्जिप खडकाले स्वागत तथा गाउपालिका उपाध्यक्ष साबित्रा देबि भट्टराई र छिरिङ्ग मोक्तान शुभकामना मन्तव्य राखे ।

रक्तदान किन गर्ने भन्ने बारे नेपाल रेडक्रस सोसाइटी उपशाखा फिक्कलका सभापती सुजन नेपालले प्रष्ट पारेका थिए । रक्तसन्चार टोलि प्रमुख रोशिका ढकाललाई नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखा सभापती सुजन नेपालले ब्लड बैङ्क हस्तान्तर गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।

रक्तदान कार्यक्रममा माईजोगमाई गाउपालिका का कर्मचारी प्रहरी प्रसासन राजनैतिक दलका प्रतिनिधि स्थानिय समाजसेबी, कर्मचारी,पत्रकार लगायतले रगत दिएका थिए ।रक्तदान कार्यक्रम नयाबजारमा रहेको पाचथर होटल एन्ड लजको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको समापन माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले गरेका थिए । लभ्ली युवा क्लबले यो अघि पनि विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार