Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेता खड्काले दिए जेष्ठ लाई न्यानो कपडा

नेता खड्काले दिए जेष्ठ लाई न्यानो कपडा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २१ २०७७


नेता खड्काले दिए जेष्ठ लाई न्यानो कपडा

इलाम । इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले विहीबार माइभगवती बृद्धआश्रममा रहेका जेष्ठ नागरिकलाई न्यानो ओडने र लगाउने कपडा साथै नगद प्रदान गरेका छन् । उनले आश्रममा बस्ने गरु र कर्मचारीलाइ समेत कपडा उपलब्ध गराएका छन । आप्ना पितृको नाममा माइभगवतीमा लगाइएको त्रिपिण्डी श्राद्ध समापनपछि खानेकुरासहित उक्त सामाग्री र प्रतिब्यक्ति नगद पाँचसय रुपैंयाँ हस्तान्तरण गरेका हुन ।

आफ्ना पितृहरु जो हराएका, घर छाडेर फिर्ता नआएका, अकालले मृत्यु भएकाहरुमा बायुमा बसेका हुन्छन भन्ने धार्मिक मान्यताका आधारमा खडका दाजुभाइहरुद्धारा संयुक्त रुपमा लगाइएको ब्राम्हण पाठपछि परिवारसहितको उपस्थितिमा उक्त सामाग्री र नगद हस्तान्तरण गरेका हुन । हस्तान्तरण पछि उनले बाबुआमा भनेका जिउँदा देवता हुन । उनीहरु जीवित रहँदा उनीहरुप्रति गरिने पूण्य कार्यले जीवन्त आर्शिबाद मिल्ने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार