Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा कात्तिक २५ गते रक्तदान कार्यक्रम

नयाँबजारमा कात्तिक २५ गते रक्तदान कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २० २०७७


नयाँबजारमा कात्तिक २५ गते रक्तदान कार्यक्रम

नयाँबजार । रगत अभावलाई परिपुर्ती गर्ने उद्धेश्यका साथ इलामको माईजोगाई गाउँपालिका–१ नयाँबजारमा रक्तदान कार्यक्रम हुने भएको छ । लभ्ली युवा क्लब माईजोगमाई–२ खोल्मेको आयोजना र नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाको प्राविधिक सहयोगमा आगामी २५ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको हो ।

“रक्तदान गरौँ स्वस्थ जीवन जिऔँ र हालको विषम परिस्थितिमा रगत अभाव हुन नदिऔँ ” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको कार्यक्रम पाँचथर होटलको सभाहल नयाँबजारमा संचालन हुने अध्यक्ष दावा शेर्पाले जानकारी दिए । स्थानिय युवा एकजुट भई गठन भएको लभ्ली युवा क्लबले सामाजिक क्षेत्रमा समेत राम्रो कदम चाल्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार