मंगलबारे । इलामको देउमाई नगरपालिका ९ स्थित चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न भएको छ । देउमाइ नगरपालिकाको बिशेष पहलमा नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा विद्युतिकरणको काम शुरु गरेको थियो ।
वडा नं. ९ चिसापानीमा बसोबास गर्ने स्थानीयबासीको सुविधाका लागि बिधुतिकरण गर्न नगरपालिकाको पहलमा गरिएको विद्युतिकरणको काम सम्पन्न भइ उद्घाटन भएको हो । विद्युतिकरणको प्रदेश नं १ का भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना मगरले स्वीच अन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दीपावली लगायत सम्पुर्ण चाड पर्वहरुको शुभकामना आदान प्रदान समेत गरिएको देउमाई नगरपालिकाका सुचना अधिकारी गोपाल बास्तोलाले बताए ।