इलाम । पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य झलनाथ खनालले दशै भत्ता नलिने निर्णय गरेका छन् । संघीय संसद सचिवालयलाई पत्र लेख्दै खनालले देश कोभिड–१९ को संक्रमणबाट ग्रस्त भएको बिषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेको बेला जनप्रतिनिधिहरु बिशेषत सांसदहरुको लािग दशै भत्ता वापत रकम उपलब्ध गराउने कार्य अनुचित लागेकोले रकम फिर्ता गरेको उल्लेख गरेका छन् ।
उनले दशै खर्चको नाममा दिन लागिएको सुविधा बापतको रकम सर्वसाधारण जनताको उपचार र कोभिड विरुद्ध लड्नको लागि सहयोग गरेको बताए । खनालले संघीय संसद सचिवालयमा चेक मार्फत रकम फिर्ता गरेको जनाएका छन् । आज संसद सचिवालय सिंहदरबारमा पुगेर दसै भत्ता नलिने पत्र बुझाएको उनको स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन् । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसले दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए ।
