फिक्कल । १ नम्बर प्रदेश सरकारले इलामको देउमाइ नगरपालिकालाई दमकलको हस्तान्तरण गरेको छ। प्रदेश सरकारबाट उपलब्ध गराइएको दमकल हिजो एक कार्यक्रमका बिच नगरप्रमुख सुर्य प्रसाद पोख्रेललाइ हस्तान्तरण गरिएको हो।
विराटनगरमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख पोख्रेल लाई मुख्य मन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले दमकलको चाबी हस्तान्तरण गरेको देउमाइ नगरपालिकाले जनाएको छ ।