Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास

झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २८ २०७७


झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास

इलाम : इलाम नगरपालिका–१ मा निर्माण हुने झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास तथा योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले योजनाको शिलन्यास गरेका हुन । ४७ लाख ३६ हजार तीनसय रुपैयाँ लागतमा निर्माण हुने यो योजनाबाट १२ सय रोपनि क्षेत्रफलका एक सय आठ घर धुरी लाभान्वित हुने छन ।

इलाम नगरपालिका र स्विस सरकारको साझेदारीमा निर्माण हुन लागेको यास योजनाको लम्वाई ४२६.८५ मिटर रहेको इलाम नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जम्मा रकमको स्थानीय जन सहभागिता १० प्रतिशत,इलाम नगरपालिकाको २० प्रतिशत,संघीय सरकारको ३० प्रतिशत र स्विज सरकारको ४० प्रतिशत लागतमा पौस १५ गते सम्ममा सम्पन्न गर्नुपर्ने छ ।

परामर्शदाता केशव लामाले योजनाको प्रविधिक विषयमा जानकारी राखेका थिए । सिञ्चाई योजनाको अध्यक्ष टेकबहादुर लोक्ताम अध्यक्षता, इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता र वडाध्यक्षको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार