नयाँबजार । माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा मंगलबार लाग्दै अाएकाे साप्ताहिक हाटमा चहलपहल सुरु भएको छ । गत साताबाट सुरु भएको हाटमा आजबाट मानिसहरुको चहलपहल बढेको हो । कोरोनाका कारण ६ महिनादेखि बन्द रहेको हाटबजार चाडवाडलाई केन्द्रित गरेर सुरु गरिएको थियो ।
गत मंगलबारबाट गाउँपालिका र बजार व्यबस्थापन समिती बिच छलफल भइ बजार खोल्ने निर्णय भएपनि बाहिरका व्यपारीहरु भने आएका छैनन् । संक्रमणलाई मध्यनजर गर्दै ब्यवसायीहरुले अनिवार्य माक्सको प्रयोग गर्नु पर्ने र स्यानिटाइजरको ब्यवस्थापन हुनुपर्ने भएको छ ।
संक्रमण को जोखिमलाइ बिचार गर्दै अर्को सूचना जारी नभएसम्म माईजोगमाई गाउँपालिका भन्दा बाहिरको ब्यवसायीहरुलाइ भने तत्काल निषेध गरिएको छ । गाउँपालिकाको केन्द्र नयाँबजारमा मंगलबार र प्याङको पञ्चमीमा आईतवार बजार लाग्ने गरे पनि केही समयदेखि बन्द गरिएको थियो ।