Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेफ्रोटिक सिन्ड्रोमबाट ग्रसित इलामकी अञ्जलीको स्वास्थ्यमा सुधार हुँदै

नेफ्रोटिक सिन्ड्रोमबाट ग्रसित इलामकी अञ्जलीको स्वास्थ्यमा सुधार हुँदै

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज १२ २०७७


नेफ्रोटिक सिन्ड्रोमबाट ग्रसित इलामकी अञ्जलीको स्वास्थ्यमा सुधार हुँदै

फिक्कल : उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अञ्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न थालेको छ । दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्ष अघि नै अञ्जलीको मृगौलामा समस्या भएको बताए पनि उनले उपचार गर्न सकेका थिएनन । उनी नेफ्रोटिक सिन्ड्रोम रोगले ग्रसित रहेकी थिईन ।

के हो नेफ्रोटिक सिन्ड्रोम
नेफ्रोटिक सिन्ड्रोम भनेको पिसाबमा धेरै मात्रामा प्रोटिन जाने, रगतमा प्रोटिनको मात्रामा कमी हुने, रगतमा कोलेस्टोरोल बढ्ने र गोडा तथा शरीरको अन्य भाग सुनिने मृगौला रोग हो । यो रोग कुनै पनि उमेर समुहलाई लाग्न सक्छ । तर वयस्कहरुको तुलनामा बालबालिकाहरुमा बढि हुन्छ । यो समस्या निको हुने र बल्झिन पनि सक्छ । धेरै पल्ट बल्झिने भयो भने बिरामी तथा परिवारलाई चिन्ताको बिषय बन्न सक्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।

मृगौलाले हाम्रो शरीरमा फिल्टरको रुपमा काम गरिरहेको हुन्छ । यसले विषालु पदार्थ र बढी भएको पानीलाई रगतबाट निकालेर पिसावको रुपमा फाल्ने गर्छ । यस्तो फिल्टरको प्वाल आकार यति सानो हुन्छ की सामान्य अवस्थामा ठुलो आकारको प्रोटिन पिसाबमा देखा पर्दैन् । र पिसाबको परिक्षण गर्दा प्रोटिन देखिदैन् । नेफ्रोटिक सिन्ड्रोममा फिल्टरको प्बाल ठुलो हुन्छ जसले गर्दा प्रोटिन पिसाबसंगै जान्छ । पिसाबमा गएको प्रोटिनको कारण रगतमा प्रोटिनको मात्रा कम हुन्छ । रगतमा प्रोटिन कम भएपछि शरीर सुनिन्ने समस्या हुन्छ । जसलाई चिकित्साको भाषामा एडेमा भनिदै आएको छ । पिसाबबाट प्रोटिन जाने मात्रा र रगतमा प्रोटिनको मात्रामा भएको कमीका कारण आधारमा एडेमाको गम्भिरतामा फरक पर्छ ।

९० प्रतिशत बालबालिकामा हुने नेफ्रोटिक सिन्ड्रोमको बारेमा थाहा नहुने विभिन्न अध्ययनले देखाएको छ । १० प्रतिशतमा औषधीको प्रभाव, बाथरोग, वंशानुगत समस्या, मधुमेह वा अन्य कारणले भएको हुने देखिएको छ । नेफ्रोटिक सिन्ड्रोम खास गरी २ बर्ष देखि ८ बर्ष उमेर समुहका बालबालिका देखिने गरेको अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

सहयोगको अपिल

स्थानीय विभिन्न अनलाइन पोर्टलमा समाचार प्रकासन भएपछि सुर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी तथा हाल चौधरी ग्रुप काठमाडौमा कार्यरत कुनाल राई र रचना देवानको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो । सुरुमा आफ्नै नजिकका साथीभाई र आफू कार्यरत सस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राई र देवानले सहजीकरण गरीरहेका छन भने अन्य मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन ।

अञ्जलीलाई बिर्ता सिटि अस्पताल झापाले रिफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ । डाक्टरका अनुसार अन्जलीलाई हस्पीटलमा तीन साता र घरमा तीन महिना उपचार गरे पछि उनी पूर्ण रुपमा निको हुने छिन् ।

तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक ललितपुर को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन र आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार