Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एकतप्पाका ऐतराज १० दिनदेखि बेपत्ता

एकतप्पाका ऐतराज १० दिनदेखि बेपत्ता

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १० २०७७


एकतप्पाका ऐतराज १० दिनदेखि बेपत्ता

फाकफोकथुम । इलाम फाकफोकथुम गाउँपालिका ७ एकतप्पाका ऐतराज लिम्बू १० दिनदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ । गएको असोज १ गते बिहान घाँस काट्न भनेर घरबाट निस्किएका उनी हालसम्म घरमा फर्किएर नआएपछि परिवारमा चिन्ता छाएको हो ।

५७ वर्षिय लिम्बू हातमा हँसिया र नाम्लो बोकेर हिडेका थिए । त्यस दिन घर फर्किएर नआएपछि परिवारले छरछिमेकहरुसँग खोजी गर्न थालेको छ । प्रहरीमा समेत खबर गरिएको परिवार श्रोतले जानकारी दिएको छ । स्थानीयले घरगाउँ र बाहिर समेत खोजी गरिरहेको स्थानीय सुमन दियालीले बताए ।

स्वास्थ्य स्थिती समेत सामान्य नै रहेका लिम्बूको घरमा नराम्रो केही नभएपनि घर नफर्किएपछि परिवारलाई पिडा भएको छ । उनी श्रीमती, एक छोरा र दुई छोरीहरु छन् । परिवारको मुली नै बेपत्ता भएपछि परिवार चलाउन समेत समस्या रहेको छ ।

कहिँकतैबाट केही भएको हो या आफैँ टाढा गएको भन्नेबारे केही जानकारी नआउँदा अन्योल छाएको छ । घाँस काट्न भनेर हिँडेका मान्छे नआएपछि लिम्बू परिवारमा मात्र हैन गाउँमा समेत अन्योल छाएको दियालीको भनाई छ । उनलाई देख्नु र भेट्नुहुने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार