Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपालमा ६ म्याग्निच्यूडको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक

नेपालमा ६ म्याग्निच्यूडको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ३१ २०७७


नेपालमा ६ म्याग्निच्यूडको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक

इलाम । नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेको ६.० ML को भुकम्प २०७७ भाद्र ३१ गते बिहान ५:१९ मिनेटमा महसुस गरिएकाे थियाे ।
स्रोतः राष्ट्रिय भुकम्प मापन केन्द्र

यो भूकम्पको धक्का इलाम सहित पुर्वी पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको जनाइएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हो। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार