सन्दकपुर । विगत केही दिन देखि अविरल बर्षाले भत्किएको सन्दकपुर गाउँपालिका–४ माबुको सडक स्थानीयले मर्मत गरेका छन् । माबु प्रहरीको सहयोगमा स्थानीयले पर्यटकीय क्षेत्र सन्दकपुर सडक मर्मत गरेका हुन् । बर्खा सुरु भएसंगै इलामको उत्तरी क्षेत्रका सडकहरु भलका कारण विग्रने गरेका छन् । बर्षाको कारण सडकमा भेल पसने गरेको छ । जसले गर्दा स्थानीय बासिन्दाले सास्ती भोग्ने गरेका छन् । सडक मर्मतका लागि दुर्गा डेरी उद्योगले निःशुल्क ट्रयाक्टर तथा बिएम भाडा पसल, रुपा गुरुङ र टिकमाया गुरुङले खाजा उपलव्ध गराएको स्थानीय डिबी गुरुङले जानकारी दिए ।


