Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा कन्ट्याक्ट ट्रेसिङमा परेका १ सय जनाको रिर्पोट नेगेटिभ

फाकफोकथुममा कन्ट्याक्ट ट्रेसिङमा परेका १ सय जनाको रिर्पोट नेगेटिभ

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ३० २०७७


फाकफोकथुममा कन्ट्याक्ट ट्रेसिङमा परेका १ सय जनाको रिर्पोट नेगेटिभ

फाकफोकथुम । इलामको फाकफोकथुम गाँउपालिका–२ का पोजेटिभ देखिएको व्यक्तिसंग कन्ट्याक्ट ट्रेसिङमा परेका १ सय जनाको रिर्पोट नेगेटिभ आएको छ । केही दिन अघि वडा न।–२ स्थित खाम्बाङ्गको जरिङ्गेका एक जना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग पछि स्वाब संकलन गरि परीक्षणमा पठाएको थियो ।

गाँउपालिका भित्र कोरोना संक्रमित भेटिएपछि कार्यालयले २२ गते सोमबार देखि सुचना जारी गरि अर्को सुचना नआउन्जेल सम्म शंकास्पद क्षेत्र शिल गरिएको थियोे । रिर्पोट सबैको नेगेटिभ आएपछि स्थानीयमा त्रास न्यून हुने साथै वातावरण थप सहज बनाउन शिल खुल्ला गर्न सूचना जारि गरिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित व्यक्ति केही दिन अघि लडेर मेरुदण्ड तथा करङ्गको भागमा असर पुगेको र कोरोनाको समेत धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार