Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोङमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

रोङमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

  • डाइमन्ड तिम्सिना
  • सोमबार, भाद्र २९ २०७७


रोङमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

रोङ । इलामको रोङ गाउँपालिकामा कम्प्युटर सिप, घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा इकाईको आयोजनामा वडा सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीहरुलाई तालिम दिइएको हो । ४ दिन कम्प्युटर सिप सम्बन्धी र २ दिन सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी तालिम दिइएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराई, पञ्जिकरण शाखा प्रमुख नेत्रप्रसाद पोख्रेल, सुचना प्रविधि अधिकृत रोशन भट्टराई, कम्प्युटर अपरेटर युवराज ढकाल, एमआइएस अपरेटर विपना चेम्जोङ, फिल्ड सहायक गोपाल भुजेल र विनिता न्यौपानेले सहजीकरण गरेका थिए । अभिमुखीकरणमा व्यक्तिगत घटना अन्र्तगतको जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्धविच्छेद र बसाईसराई दर्ता कसरी गर्ने र आइपर्ने व्यवहारिक तथा सैद्धान्तिक समस्याहरुको समाधानको बारेमा प्रशिक्षण दिइएको छ ।

सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको पहिचान, उनीहरुको दर्ता, बैङकिङ प्रणाली मार्फत भत्ता वितरण, प्रतिवेदन डिजिटलाइजेसन, दर्ता शिविर संचालन जस्ता बिषयमा जानकारी गराइएको थियो । रोङ गाउँपालिका–३ की वडा सदस्य योगमाया सुनुवारको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्सेर राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई र प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराईको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रशासन शाखा प्रमुख नेत्रप्रसाद पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार