Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

उत्तरदायी र विश्‍वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

उत्तरदायी र विश्‍वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २४ २०७७


उत्तरदायी र विश्‍वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

इलाम । भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम उत्तरदायी र विश्वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम बुधबार सुरु भएको छ । मिडिया एक्सन नेपालको आयोजनामा भर्चुअल माध्यमबाट दोस्रो चरणको तालिम सुरु भएको हो । सहभागीहरुलाई दुई समूहमा विभाजन गरेर संचालित तालिम अन्तरगत समूह ‘क’ का लागि तालिम सुरु भएको हो ।

तालिममा समूह ‘क’ अन्तरगत इलामका १५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनपछि अहिले सहभागीहरुले आफू कार्यरत मिडियामा गलत सूचनारसमाचारको अवस्था र न्यूनीकरणका लागि गरेका प्रयासबारे प्रस्तुति गरिरहेका छन् । मिडिय एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तको अध्यक्षता तथा अमेरीकी दुतावासका कार्ल रोजर्श र प्रेरना मरासिनीको आतिथ्यतामा भएको तालिमको उदंघाटन कार्यक्रमको संचालन मिडिया एक्सनकी उपाध्यक्ष प्रियंका झाले गरेकी थिइन् ।

दैनिक दुईवटा कक्षाका दरले संचालन हुने तालिम शुक्रबारसम्म संचालन हुनेछ । तालिममा संवेदनशील पत्रकारिता, मिडियाको सामाजिक उत्तरदायित्व, मिडिया, विवादास्पद र विदेशी नीति, गलत जानकारीको सामना र रोकथाम, सूचना महामारीको रोकथामलगायतका विषयमा छलफल हुनेछ ।

तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रीको सल्लाहकार लैंगिक र मिडिया विज्ञ डाक्टर समिक्षा कोइराला, अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराई, विश्वविद्यालय शिक्षा घानाका मिडिया शोधकर्ता डाक्टर गिफ्टी आपिया अद्जेइले सहजीकरण गर्नेछन् ।

सोही तालिम समूह ‘ख’ का लागि २९, ३० र ३१ गते संचालन हुनेछ । सो समूहमा झापा, इलाम र पाँचथरका १५ जना पत्रकारको सहभागिता रहने मिडिया एक्सन नेपालका अध्यक्ष पन्तले जानकारी दिए । यसअघि पहिलो चरणको तालिम १५ र १६ फागुन २०७६ मा एकै समूहमा इलाममा संचालन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार