Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कोरोना कहरकै बिच सडक डिभिजन इलामले निर्माण गर्यो ६ वटा पुल

कोरोना कहरकै बिच सडक डिभिजन इलामले निर्माण गर्यो ६ वटा पुल

  • सुजन तिमल्सिना
  • आइतबार, भाद्र २१ २०७७


कोरोना कहरकै बिच सडक डिभिजन इलामले निर्माण गर्यो ६ वटा पुल

इलाम । कोरोना कहरकै बिच सडक डिभिजन इलामले ६ वटा पुल निर्माण सम्पन्न गरेको छ । इलामका ४ र पाँचथरका २ गरि ६ वटा पुल कोरोना कहरकै बिच निर्माण सम्पन्न भएका हुन् ।
विकास निर्माणको काम तिब्र भएको बेला सरकारले लकडाउन घोषणा गरेपनि सडक डिभिजन इलामले स्थानीय प्रशासन र निर्माण व्यवसायीको समन्वयमा पुल निर्माण सम्पन्न गरेको हो । सडक डिभिजन इलामका डिभिजन प्रमुख अभिमान मुल्मिका अनुसार इलामको च्यामे खोला, बागमारा, दुधेखोला र जोगमाई खोलाको पुल निर्माण सम्पन्न भएका छन् ।


त्यस्तै पाँचथरको निबु र फेमे खोलाको पुल निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ र ०७३÷०७४ मा ठेक्का संझौता भएका पुल निर्माण सम्पन्न भएको हो । इलामको सूर्योदय नगरपालिकाको एक र दुईमा पर्ने च्यामे खोला पुल आर्थिक वर्ष २०७४÷०७५ मा ठेक्का संझौता भएको थियो । ३ करोड ५७ लाख ७१ ह्जारमा निर्माण संझौता भएको पुल आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न भएको हो । यस्तै झापाको दमकहुँदै इलामको लारुम्बा हुँदै पाँचथरको रबी सडकमा पर्ने बागमारा खोलाको पुल पनि निर्माण सम्पन्न भएको छ । सो पुल निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा ३ करोड चार लाख ६५ हजारमा ठेक्का संझौता भएको थियो ।


सडक डिभिजन इलामले चुलाचुली गाउँपालिकामा पर्ने दुधे खोलाको पुल गत आर्थिक वर्षमा निर्माण सम्पन्न गरेको छ । ३ करोड ६२ लाख ५६ हजारमा निर्माण संझौता भएको पुल आर्थिक वर्ष २०७२÷०७३ मा निर्माणको संझौता भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा निर्माण संझौता भएको इलामको माईजोगमाई गाउँपालिका स्थित जोगमाई खोलाको पुल २ करोड ६७ लाख ३९ हजारमा निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन इलामले पाँचथरको निबु खोलाको पुल गत आर्थिक वर्षमा निर्मांण सम्पन्न गरको छ । आर्थिक वर्ष २०७४÷०७५ मा निर्माणको संझौता भएको पुल ३ करोड ५६ लाख ७२ हजारमा निर्माण सम्पन्न भएको हो । त्यस्तै पाँचथरकै फेमे खोलाको पुल ३ करोड ७० लाख ९८ हजारमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको सडक डिभिजन इलामका प्रमुख अभिमान मुल्मिले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार