Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

हावाहुरीले गजुरमुखी धाममा २५ लाख बढीको क्षति

हावाहुरीले गजुरमुखी धाममा २५ लाख बढीको क्षति

  • लोकल सन्देश
  • शनिबार, भाद्र २० २०७७


हावाहुरीले गजुरमुखी धाममा २५ लाख बढीको क्षति

माङसेबुङ : इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ । शुक्रबार राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो ।

सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयले पन्छाएका छन । गजुरमुखी जिल्लाको एक प्रमुख धार्मिक क्षेत्र हो । यहाँ भाकल गरे बोली नआउनेको बोली आउने र सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ ।

तस्विर : गाउँपालिका अध्यक्ष इदिङ्गोको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार