Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा आइसिटी कक्षा र खानेपानी योजना उद्धघाटन

सूर्योदयमा आइसिटी कक्षा र खानेपानी योजना उद्धघाटन

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १८ २०७७


सूर्योदयमा आइसिटी कक्षा र खानेपानी योजना उद्धघाटन

फिक्कल । सूर्योदय नगरपालिकामा बुधबार प्रदेश सरकार र संघीय सांसदको लगानीमा सम्पन्न दुई वटा योजना उद्धघाटन गरिएको छ । प्रदेश सरकारको लगानीमा सूर्योदय नगरपालिका–९ मा रहेको दियालो आधारभुत विद्यालयमा आइसिटी कक्षा र संघीय सांसद झलनाथ खनालको सांसद विकास कोषको रकमबाट निर्माण गरिएको रम्फोक ढोडे स्वच्छ मिटर प्रणाली खानेपानी योजना उद्धघाटन गरिएको हो ।

प्रदेश सांसद खिनु लङ्वा लिम्बुले दुवै योजनाको उद्धघाटन गरिन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको २ लाख ५० हजारको लगानीमा दियालो आधारभुत विद्यालयमा प्रविधिमैत्री आइसिटी कक्षा निर्माणपछि स–साना विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारी हुने सांसद लङ्वाले बताइन् । ‘ साना बालबालिकाहरुलाई स्मार्ट बोर्डबाट अध्ययन गराउँदा प्रविधिमा पहुँच पनि बढ्यो । अर्को तर्फ सिक्ने बानीको विकास छिटो हुन्छ । ’ उनले भनिन् ‘शिक्षकहरुलाई घोटी घोटी चक र डस्टरले सिकाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ ।’

१५ लाखको लागतमा सम्पन्न गरिएको ढोडे रम्फोक स्वच्छ खानेपानी तथा मुहान संरक्षणको लागि आर्थिक बर्ष २०७५/७६ मा संघीय सांसद झलनाथ खनालको संसद विकास कोषबाट १० लाख र सांसद लङ्वाको आर्थिक बर्ष २०७६/७७ को विशेष सांसद कोषबाट ५ लाख रुपैया विनियोजना भएको थियो । खानेपानी योजना सम्पन्न भएपछि सूर्योदय–९ को ढोडे–रम्फोकको ४५ घर परिवार स्वच्छ खानेपानीबाट लाभान्वित हुनेछन् । योजना अन्र्तगत नजिकै रहेको खानेपानीको मुहान संरक्षणको समेत काम गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार