Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोङमा पहिरोले २ परिवार विस्थापित, गाउँगाउँका सडक अवरुद्ध

रोङमा पहिरोले २ परिवार विस्थापित, गाउँगाउँका सडक अवरुद्ध

  • गणेश अर्याल
  • बुधबार, भाद्र १७ २०७७


रोङमा पहिरोले २ परिवार विस्थापित, गाउँगाउँका सडक अवरुद्ध

रोङ । इलामको रोङ गाउँपालिकामा सोमबार रातीको बर्षाले २ घर बिस्तापित भएका छन् । रोङ गाउँपालिका–४ का हरिप्रसाद मगर र वडा नं ६ का बलबहादुर राई विस्थापित भएका हुन् । बिस्तापित दुबै परिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । ग्रामिण क्षेत्रका मुख्य सडकहरु अवरोध भएको छ भने किसानले उत्पादन गरेको करेला, टमाटर लगायतको कृषि जन्य उत्पादनमा क्षति पुगेको छ ।

मानाबुङ स्थिथ हरिप्रसाद मगरको घरमाथि बाट पहिरो खस्दा घरमा क्षति पुगेको रोङ गाउ कार्यपालिका सदस्य बिमला तामाङले बताइन् । ‘ विस्थापित भएका मगर परिबारको लागि रोङ गाउँपालिकाले चामल त्रिपाल र ओढ्ने ओच्छ्याउने सामाग्री उपलब्ध गराएको छ । ‘घरमाथीबाट पहिरो खस्दा मगरको परिवार भने भाग्यले बाचेका हुन् ।’ स्थलगत अनुगमनमा पुगेकी तामाङले भनिन् ‘पहिले अलिअलि पहिरो खसेको थाहा भएर सबैजना सुरक्षित स्थनमा भएकाले मानबीय क्षती भएनछ ।’

यसै बिच रोङ गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो र बर्षाले निकै ठूलो क्षति भएको छ । रोङ ४ को निर्माणाधिन स्वास्थ्य केन्द्रको भवनमा पनि पहिरो पसेको छ । त्यसैगरी वडा नम्बर ५ को कुरुङ खोला आसपासमा सडकमा क्षति पुगेको वडाअध्यक्ष युवराज खाप्तुवा राईले बताए । बर्षा र पहिरोले भएको क्षतिको अन्तिम बिवरण आउन अझै केही दिन लाग्न सक्ने बताइएको छ ।

 वडा नम्बर ४ को बैठक बुधबार बस्ने भएको छ । पहिरोले प्युरे र मानाबुङमा पु¥याएको क्षतिको बारेमा मुल्याङकन गर्ने लगायतको बिषयमा छलफल हुने वडाअध्यक्ष सुर्य राईले बताए । वडानम्बर १ र २ को तीनघरे शान्तिपुर झापा सडक पनि अवरोध भएको छ । त्यस्तै हर्कटे सलकपुर सडक लगायत गाउका सबै भित्री सडक अवरोध भएको समाचार प्राप्त् भएका छन् ।

गाउँ गाउँमा पहिरो र बर्षाले गरेको क्षतिको बिवरण आउन समय लाग्ने गाउँपालिकाका प्रवक्ता सुबास तामाङले बताए । हाँसपोखरी सारुपाखा इरौटार सडको मझुवा भन्ने स्थानमा पहिरोले बाटो बन्द रहेको कराते प्रशिक्षक एव रोङ ३ मझुवाका स्थानीय बासी राम रार्इले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार