नयाँबजार । माईजोगमाई गाउँपालिकाकामा निर्माण हुन लागेको २५ शैय्याको अस्पतालको लागि ध्रुव श्रेष्ठले निःशुल्क जग्गा दिएका छन् । वडा नं १ नयाँबजार निवासी श्रेष्ठले चलनचल्तीको मुल्यमा २ करोड ५० लाख मुल्य बराबरको ९ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिदिएका हुन् ।
माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई, स्वास्थ्य शाखा प्रमुख राम शंकर देव र लगायतको उपस्थितिमा श्रेष्लेठ जग्गा धनी पुर्जाको प्रमाण पत्र गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । माईजोगमाईमा अस्पताल निर्माण गर्नको लागि संघिय सरकार समक्ष १० करोड रकम माग गरि सकिएको गाउपालिका अध्यक्ष जित बहादुर राईले जानकारी दिए ।
स्थानीयको साथ र सहयोग भएमा अब गाउपालिकामा चाडै अस्पताल निर्माण कार्य सकेर अस्पताल संचालन गर्ने राईले बताए । मेची राजमार्गबाट करिब १९ किलोमिटर उत्तरमा रहेको माईजोगमाईबासीहरुले उपचारका लागि सास्ती भोग्दै आएका थिए । उनीहरुलाई अस्पतालको लागि कि त ईलाम नगरपालिकाको ईलाम अस्पताल जानुपर्ने वा सुर्योदयको फिक्कल बजारमा जानू पर्ने अवस्था अहिलेको समयमा रहेको छ ।
माईजोगमाई गाउँपालिका बासी उपचारको लागि झापा सम्म जानू पर्ने र जादा बाटोको समस्या रहेको कारण बिरामीको बाटैमा मृत्यु हुने गरेको थियो ।