फाकफोकथुम : इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाको ३ वटा वडामा लकडाउन गरिएको छ । गाउँपालिकाको वडा नं २, ६ र ७ मा लकडाउन गरिएको हो । वडा नं ६ मा स्थानीय एक जना झुन्डिएर मृत्य भएपछि मुचुल्का लागि गएका इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरीमा कोरोना देखिए जोखिम बढ्न सक्ने भन्दै सामान्य लकडाउन गरिएको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन् ।
प्रहरीसंगै मुचुल्काको लागि वडाध्यक्ष र केही स्थानीय बासिन्दाहरु संगै हिडेका थिए । अहिले गाउँपालिकाको सरकारी कार्यालयहरु संचालन भएपछि नागरिकता सिफारिस लगायत इलाका प्रशासन कार्यालयबाट सम्पादन गर्नुपर्ने कार्यको लागि सिफारिस दिने काम रोकिएको राईले बताइन् ।